अर्थ मन्त्रालयमा आजदेखि शुरूगर्याे डिजिटल टिप्पणी प्रणाली

न्भेष्टाेपेपर । आश्विन १०, २०८२

काठमाण्डौ । अर्थ मन्त्रालयले डिजिटल टिप्पणी शुरू गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले आजदेखि डिजिटल टिप्पणी शुरू भएको जानकारी गराउनुभएको छ । डिजिटल टिप्पणी शुरू गरेर अर्थ मन्त्रालयले गर्ने कामलाई कागजबिहीन गराउन लागेको हो ।

डिजिटल टिप्पणी शुरू भएसँगै पटक–पटक कागज प्रिन्ट गर्नुपर्ने, टिप्पणी उठाएर सम्बन्धित अधिकारीको कोठा–कोठा जानुपर्ने बाध्यता हट्नेछ । टिप्पणी उठेको समय, सदर भएको समय सबै प्रणालीमा बस्ने अपेक्षा गरिएको छ ।

पहिलेदेखि नै अर्थ मन्त्रालयमा डिजिटल टिप्पणी तथा डिजिटल हस्ताक्षर प्रयोग गरेर काम गर्ने भनिए पनि कार्यान्वयन हुन ढिलाइ भएको थियो । अर्थमन्त्री रामेश्वर खनालले तत्काल यो प्रणाली लागू गर्न भनेपछि आजदेखि नै डिजिटल टिप्पणी शुरू गरिएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *