एमाले सचिवालय बैठक आज वस्दै

न्भेष्टाेपेपर । माघ ८, २०८१

काठमाण्डाैँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्ने भएको छ । बैठक  बेलुका चार बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे । 

पुस तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो । गौतमले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताउनुभयाे । 

सचिवालय बैठक बसेर एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ । साथै, बैठकले नेता वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी गरेकाले उहाँलाई दिने जिम्मेवारीका बारेमा समेत छलफल हुनसक्ने नेताहरूले बताएका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *