राष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशित हुने

न्भेष्टाेपेपर ।  फागुन १६, २०७९

काठमाण्डाैँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तर्गत मंगलबार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । त्यस्तै, मंगलबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

राष्ट्रपति निर्वाचनका लागि गत शनिबार कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवास नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभएको थियो ।

दुवै उम्मेदवार विरुद्ध कुनै पनि उजुरी नपरेको पनि आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

राष्ट्रपति निर्वाचनका लागि प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *