सूर्य लाइफ र ज्योति लाइफबीच मर्जरकाे समझदारी

इन्भेष्टाेपेपर ।  असार १४, २०७९

काठमाण्डाैँ । नेपालका बैंक तथा वित्तीय संस्थामा मर्जरको लहरले एकपछि अर्को बैंक तथा वित्तीय संस्थाहरू मर्जरमा गइरहेका छन् । फाइन्यान्स कम्पनी र विकास बैँकहरकाे संख्यामा उल्लेख्य कमि आएकाे छ । अव इन्सुरेन्स कम्पनीहरूकाे मर्जरकाे पालाे आएकाे छ ।

यसै सिलसिलामा सूर्य लाइफ र ज्योति लाइफबीच मर्जरकाे समझदारी भएकाे छ । यस अघि जीवन बीमातर्फ यूनियन लाइफ, गुँराश लाइफ तथा प्राईम लाइफ इन्स्योरेन्सले मर्जरकालागि सम्झौता गरिसकेका छन् । यता निर्जीवन बीमातर्फ भने हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको मर्जर पक्का पक्की जस्तै भइरहेको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी २ अर्बबाट ५ अर्ब रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी १ अर्बबाट साढे २ अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएसँगै एका एक बीमा क्षेत्रमा मर्जरको लहर चल्न थालेको हो ।

अझै पनि केही बीमा कम्पनी आफ्नो चुक्ता पुँजी बढाउने योजनामा छन् । भने बाँकी कम्पनीहरूलाई मर्जरको कुनै विकल्प छैन । सोही कारण बीमा क्षेत्रमा धमाधम मर्जरले गति पाइरहेको छ ।

बीमा समितिले मर्जरमा जादा के कु छुट तथा सुविधा दिने भनेर प्रस्ट परिसकेको छैन । समितिले मर्जको निर्देशिका बनाउने क्रममा नै रहेको छ । तथापी पूँजी संरचनाकाे जानकारी असार मसान्तभित्र दिनुपर्ने समितिकाे निर्देशन अनुसार अधिकांश कम्पनीहरूले मर्जर सम्बन्धी प्रस्तावलाई आफ्नो साधारण सभाबाट पारित गराई सकेको अवस्था छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *