चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालन गर्न उद्योगमन्त्रीकाे निर्देशन

इन्भेष्टाेपेपर ।  असार १४, २०७९

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुक्खा बन्दरगाहको सोमवार अवलोकन गर्नुभएकाे छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको अवस्था, देखापरेका समस्या, हालसम्मको प्रगति, आगामी योजनालगायत विषयमा मन्त्री बडूलाई जानकारी गराउनु भएकाे थियाे ।

मन्त्री बडूले काठमाडौं केन्द्रित व्यवसायीका लागि सुक्खा बन्दरगाहमार्फत, एकीकृत जाँच चौकी, गोदाम व्यवस्थापन, सुरक्षा व्यवस्थालगायतका सुविधाबाट व्यापारी, व्यवसायीहरुको समय र लागत कम हुन गई आयात निर्यातमा महत्वपूर्ण भूमिका खेल्ने चोभार सुक्खा बन्दरगाहलाई सरकारले स्थापना गरेको लक्ष्यअनुसार सञ्चालन गर्न सञ्चालक समितिलाई गम्भीरतापूर्वक लाग्न निर्देशन दिनुभयाे ।

उहाँले गत चैत २२ गतेदेखि सञ्चालनमा आएको बन्दरगाहमा वीरगञ्ज नाकाबाट उपत्यकालगायत जिल्लाहरुमा आउने सम्पूर्ण ट्रक एवं कन्टेनरहरु नाकामा नै ‘डिजिटल लक’ भई सोझै आउनुपर्नेमा त्यसरी आउने नगरेको र हालसम्म १२ ओटा कन्टेनर मात्रै आएको अवस्थातर्फ विशेष चासो राख्दै यस सन्दर्भमा अध्ययन, छलफल र सम्बद्ध पक्षहरुसँग समन्वय गरी सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालन गर्नेतर्फ क्रियाशील हुनसमेत निर्देशन दिनुभयाे ।     
     
उहाँले २२० रोपनीमा फैलिएको बन्दरगाहको प्रयोग हुनसके सरकार र व्यवसायी दुवै पक्षले लाभ लिनसक्ने भएकाले यसको अधिकतम लाभ लिने गरी निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने बताउनुभयाे ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *