युनियन लाइफको आइपिओ बाँडफाँड, तपाईलाई पर्याे ?

इन्भेष्टोपेपर । श्रावण ०१, २०७

काठमाण्डाैं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ ।

कम्पनीेको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २१ लाख ८२ हजार ७ सय ७५ आवेदन मध्ये दोहोरो आवेदनका कारणबाट रद्ध भएका ४ हजार ८ सय १ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ६५ हजार १ सय ७५ बाहेक बाँकी रहेका योग्य आवेदनहरु २१ लाख १२ हजार ७ सय ९९ वटा मध्येबाट ५ लाख ८० हजार ५ सय जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरिएको छ ।

प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई असार २४ गते देखि २८ गते सम्म सार्वजनिक निष्काशन खुला गरिएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशन गरिएको थियाे ।

कम्पनीकाे कूल शेयर ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियाे ।

निष्काशनको करिब ५.९२ गुणा बढी आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

बाँडफाँडको नतिजा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *