यूनाइटेड इन्स्योरेन्स पनि अर्बपति क्लबमा प्रवेश
इन्भेष्टोपेपर । श्रावण ०१, २०७८
काठमाण्डाैं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. ले १०० करोड माथिको बीमाशुल्क आर्जन गर्न सफल भएकाे छ । कोविडको महामारीको विषम परिस्थितिमा समेत यस यूनाइटेड इन्स्योरेन्स कम्पनीले नयाँ इतिहास रच्दै एक अर्ब क्लबमा प्रवेश गरेको हाे ।
कम्पनीको संचालक समितिका अध्यक्ष रवि भक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको नेतृत्वकोे पहिलो वर्षमा नै व्यवस्थापन लगायत कर्मठ कर्मचारीहरुको सामूहिक प्रयासबाट अघिल्लो आर्थिक वर्षमा रु ६९ करोड बीमाशुल्क आर्जनको तुलनामा यस आर्थिक वर्षको बीमाशुल्क आर्जनमा उल्लेखनीय वृद्धि हासिल भएको हो ।
कम्पनीकोे सेवामा गरेको निरन्तर गुणस्तरिय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँ बजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलाप मार्फत यो सफलता हासिल गर्न सफल भएको कम्पनीले एक विज्ञप्ति मार्फत जानकारी गराएकाे छ ।
