हिमालयन रिइन्स्योरेन्सको सीईओमा उपासना पौडेल सिफारिश

न्भेष्टाेपेपर । असाेज १५, २०८०

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी उपासना पौडेललाई दिने निर्णय गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्न सिफारिश गरेको हो । प्रमुख कार्यकारी अधिकृतकाे सिफारिश स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाइएको छ ।

प्राधिकरणले स्वीकृति भने दिइसकेको छैन । कम्पनीका सीईओ चन्द्रशेखरन रामामूर्तिले दिएको राजीनामा स्वीकृत गरेपछि सञ्चालक समितिले पौडेललाई सीईओमा प्रस्ताव गरेको हो । उपासना पौडेल अहिले सोही कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)का रूपमा कार्यरत हुनुहुन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *