विश्वव्यापी मूल्य वृद्धि नियन्त्रण गर्न अमेरिकाले तेलको आपूर्ति बढाउने

इन्भेष्टोपेपर । मंसिर ८, २०७८

काठमाण्डौ । अमेरिकाले तेलको विश्वव्यापी मूल्य वृद्धिलाई नियन्त्रण गर्ने उद्धेश्यले तेलको आपूर्ति बढाउने भएको छ । राष्ट्रपति जो बाइडेनले आफ्नो रणनीतिक तेल भण्डारणबाट ५ करोड ब्यारेल कच्चा तेल निकालेर बढ्दो मूल्य नियन्त्रण गर्न आदेश दिनुभएकाे हाे ।

इन्धन खपत गर्ने मूख्य देशहरु चीन, भारत, युके, जापान र दक्षिण कोरियासंगको समन्वयमा बाइडेनले यस्तो आदेश दिनुभएको हो । यो कदमबाट इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्न मद्धत पुग्ने विश्वास राष्ट्रपति बाइडेनले लिएको ह्वाइटहाउसले जनाएको छ । 

उपभोक्ताले बढ्दो मूल्यका कारण ग्यास स्टेशनहरुमा पीडा महसुश गरेको भन्दै ह्वाइट हाउसका प्रवक्ताले आगामी डिसेम्बर मध्यसम्ममा उक्त मात्राको तेल निकाले पछि राहत मिल्ने बताएका छन् ।

थप हस्तक्षेप गर्नुपर्ने अवस्था आयो भने पनि अमेरिका त्यसका लागि तयार रहेको पनि राष्ट्रपति बाइडेनको भनाइ छ । अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ३ दशमलव ४ डलर पुगेको छ जुन अघिल्लो वर्षको यही समयको दोब्बर हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *