झंझटिलाे पूंजीगत लाभकरकाे व्यवस्थाले लगानीकर्ता आन्दाेलनकाे मुडमा (विज्ञप्तिसहित)
Investopaper, श्रावण ०३, २०७६
दाेश्राे बजारमा सेयर खरिद/बिक्रि गर्दा नाफामा लगाइदै आएकाे पूंजीगत लाभकर गणना गर्दा सेयर खरिद गरेकाे सम्पूर्ण विवरण बिक्रेताले बुझाउनुपर्ने ज्यादै झंझटिलाे नियमले लगानीकर्ता चिढिएकाे अवस्था छ । यस्ताे विवरण सेयर बिक्री गरेकाे दाश्राे दिन ब्राेकर अफिसमा लिखितरूपमा बुझाउनु पर्छ । अन्यथा सबैलाइ सय रूपैंया मानि पूंजीगत लाभकर ठाेकिन्छ ।
सरकारले श्रावण १ गतेदेखि पूंजीगत लाभकर ७.५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेकाे थियाे । यस्ताे कार्यबाट सम्पूर्ण लगानीकर्ताहरूमा एक किसिमकाे उत्साह थपिएकाे थियाे । तीनवर्ष अगाडिबाट बजारकाे वियरिस गतिले खर्वाै रूपैंयाकाे नाेक्सानीमा रहेका लगानीकर्ता बजार बढने आशा र प्रतिक्षामा थिए । तर त्यस्ताे भैरहेकाे छैन ।
पूंजीगत लाभकर गणना विधिकाे सबैजसाे लगानीकर्ताका संघ संगठनहरूले विराेध गरिरहेका छन भने इन्भेष्टर फाेरमले अर्थ मन्त्रालयमा भएकाे सहमति विपरित नीति आएकाे उल्लेख गरेकाे छ । यसैगरी शेयर लगानीकर्ता दवाब समूहले त प्रेस विज्ञप्ती नै निकालेर प्रतिकार र प्रतिबादमा उर्तिनकाे लागि सबै लगानीकर्तालाइ अपिल गरेकाे छ ।
विज्ञप्तीमा अगाडी भनिएकाे छ – श्रावण १ गतेदेखि लागु गरिएकाे पूंजीगत लाभकर गणना विधि आम लगानीकर्ताका लागि झंझटिलाे, अवैज्ञानिक र त्रुटिपूर्ण रहेकाले सुझवुझ विना लागूगर्नु दुस्साहसपूर्ण कदम हाे । तसर्थ शेयर बजार मैत्री गणना विधि ल्याउन सराेकारवाला निकायकाे ध्यान आकृष्ट गरेकाे विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीकाे पूर्णपाठः

