ओरालो यात्रामा सुनचाँदीकाे भाउ, साताकाे पहिलाे दिनकाे मूल्य कति ?

न्भेष्टाेपेपर ।  चैत २४, २०८१

काठमाण्डाैँ । स्थानीय बजारमा पहेंलो धातु सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबार मूल्य बढेर कीर्तिमान बनाएको सुनको भाउ शुक्रबार तोलामै ३ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा काराेवार भएकाे थियाे ।

आज पुनः तोलामा रु १ हजार ९ सय रूपैँयाले ओरालो लागेर साताको पहिलो दिनको कारोवार शुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु १ लाख ७४ हजार ५०० रूपैयाँमा कारोवार भएको छ ।

यस्तै चाँदी तोलामा रु ७० ले घटेको छ । शुक्रबार रु १ हजार ८७० रूपैयाँमा कारोवारर भएको चाँदी भने आज रु १ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *