ओरालो यात्रामा सुनचाँदीकाे भाउ, साताकाे पहिलाे दिनकाे मूल्य कति ?

न्भेष्टाेपेपर ।  माघ २२, २०७९

काठमाण्डाैँ । स्थानीय बजारमा पहेंलो धातु सुनको मूल्य आज ओरालो लागेको छ । सुन तोलामा रु २ हजारले र चाँदी प्रति ताेला रू ४५ ले ओरालो लागेर साताको पहिलो दिनको कारोवार शुरु भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु १ लाख ४ हजार १०० मा कारोवार भएको छ । छापावाला सुन शुक्रबार तोलामा रु १ लाख ६ हजार १०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा रु २ हजारले घटेको छ । रु १ लाख ५ हजार ६०० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आज प्रतिताेला रु १ लाख ३ हजार ६०० मा कारोवार भएको छ ।

यस्तै चाँदी तोलामा रु ४५ ले घटेको छ । शुक्रबार रु एक हजार तीन सय पैसट्ठीमा कारोवारर भएको चाँदी भने आज रु १ हजार ३ सय बीसमा काराेवार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *