पायल्सका बिरामीले के के खान हुँदैन, अनि के के खान हुन्छ ?

इन्भेष्टाेपेपर ।  असार २५, २०७९

काठमाडौं । पायल्सबाट धेरै मानिसहरु पीडित भएपनि खुलारुपमा जो कोहीलाई भन्न सकेका हुँदैनन्। केही उपचारले ठीक भएजस्तो भएपनि फेरि यो समस्या पुनः दोहोरिन्छ। तर खानपान र जीवनशैलीको परिवर्तनबाट पनि यसको समस्याबाट धेरैमात्रामा बच्न सकिन्छ। पायल्सबाट बच्न कस्तो खाना खानु हुँदैन, के खानु पर्छ भन्ने बारेमा थाहा पाउनुस्।

के नखाने ?

धेरै तेलयुक्त र मसालायुक्त भोजन

अत्याधिक तेल या मसाला भएको खाना पायल्सको समस्या भएकाहरुलाई हानिकारक हुन्छ। यद्यपि पायल्स नभएकाहरुलाई पनि डाक्टरहरु यस्तो खाना नखान सल्लाह दिन्छन्। पहिल्यैदेखि पायल्सको समस्या छ भने यस्तो खानाले समस्या झन् बढाउने हुन्छ। यसका साथै कुनै पनि प्रकारको खुर्सानी नखानुहोस्।

फास्टफूड नखानुहोस्

पायल्स पीडितहरुले सकेसम्म फास्टफुडबाट बच्नुपर्छ। फास्टफुड खानुको साटो फलफुल र बन्दा, चुकन्दर, गोलभेंडाजस्ता तरकारी खानामा समावेश गर्नुपर्छ। यसले यो समस्या कम गर्न धेरै सहयोग गर्छ।

राजमा या मुसुरोको दाल

राजमा या मुसुरोको दाल पनि पायल्सबाट पीडित मानिसले सकेसम्म खानुहुँदैंन। राजमा या मुसुरोजस्ता गेडागुडीको सेवनले पायल्स रोगीलाई नराम्रो गर्छ।

घिउ

सन्तुलित मात्रामा घरमै बनेको घिउको सेवनले शरीरलाई फाइदा गर्छ। तर धेरै खानाले पायल्स रोगीलाई झन् समस्या बढाउन सक्छ। यसैले शरीरलाई राम्रो गर्ने हिसाबले मात्र घिउ सेवन गर्नुपर्छ।

कफी, कोल्ड ड्रिंक्स

चिया, कफी, कोल्ड ड्रिंक्स र बजारमा पाइने अरु चिज सेवन गर्नुहुँदैंन। सकेसम्म घरमै बनेको खाना खानुपर्छ।

मांसाहारी भोजन

कुनै पनि किसिमको मांसाहारी भोजनको सेवन गर्नुहुँदैन। मांसाहारी सुप पनि सेवन गर्नुहुँदैन।

के खाने ?

. सादा दाल, भात, तरकारी, सलाद (गाजर, मुला, काक्रो) खानुस ।

२. हरियो तरकारी तथा सागसब्वी प्रशस्त, गेडागुडी, लसुन, प्याज खान सकिन्छ ।

३. फलफूलहरु ( स्याउ, सुन्तला, मेवा, उखु, मौसम, सुकेको अञ्जीर, नासपाती) ।

. सफा/उमालेर सेलाएको पानी प्रसस्त पिउने(दिनमा ५-७ लि) ।

(एजेन्सीकाे सहयाेगमा)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *