याेग्यता अनुसारकाे अवसर प्रदान गर्दै कुमारी जब

इन्भेष्टाेपेपर ।  वैशाख २, २०७९

काठमाण्डाैँ । रोजगारी,पेशा, जागिर, काम– जे भने पनि यो हरेक शिक्षित/अशिक्षित मानिसको लागि जिविकोपार्जन गर्ने माध्यम हो । रोजगारदाता सरकार, सरकारी उद्यम, गैर– सरकारी सङ्घसंस्था वा कुनै पनि निजी सङ्गठन हुन सक्छ ।

रोजगारीको खोजीमा युवाहरु भौँतारिइरहेका छन् । देशमा विद्यमान यस्तै समस्यालाई केही हदसम्म भए पनि कम गर्ने उद्धेश्यले सन् २०१४ मा स्थापित कुमारी जबले यस क्षेत्रमा काम गरिरहेकाे छ । शुरुवाती अवस्थामा संस्थापक एकल प्रयासबाट शुरु भएको यस संस्थाले हाल प्रतिस्पर्धीहरुभन्दा ठुलो श्रोत–साधन र ठुलो टिम बनाउन सफल भईसकेको छ ।

कुमारी जबमा एन्ट्री लेभलदेखि सिनियर लेभलसम्मका कामहरु सजिलै पाईन्छन् । यसमा १००० जनाले दैनिक अप्लाई गर्ने गर्दछन जसमा एक महिनामा ५०० भन्दा बढीले रोजगारी प्राप्त गर्ने गरेकाे कुमारी जबले जनाएकाे छ ।

हाल कुमारी जबसँग एसियन पेन्ट्स, बर्जर पेन्ट्स, चौधरी ग्रुप,सामसङ, पेप्सी लगायत अन्य बहु–राष्ट्रिय संस्थाहरु; पञ्चकन्या ग्रुप, विशाल ग्रुप, आइएमएस्ग्रुप, गोल्छा ग्रुप, ज्योति ग्रुप, गोएन्का ग्रुप, लक्ष्मी ग्रुप लगायत अन्य ग्रुप अफ कम्पनिज; भायानेट, वल्र्ड लिंक, सिजी जस्ता इन्टरनेट सेवा प्रदायकहरु एवम्थुप्रै एन.जि.ओ. र आइ.एन.जि.ओहरु आबद्ध छन् ।

साथै यस संस्थासँग एफवान सफ्ट, फुडमान्डु, टाइगर प्यालेस, हुलास, साथीमार्ट,केएल दुगर, एमभि दुगरजस्ता थुप्रै प्रतिष्ठित संस्थाहरु पनि आबद्ध छन्। कुमारी जबमा अकाउन्टिङ, सेल्स र मार्केटिङदेखि लिएर आइ.टि र टेलिकम्युनिकेसन तथा एन.जि.ओ र आइ.एन.जि.ओहरुका लागि पनि प्रशस्तै अवसरहरु आइरहन्छन्।

यस कम्पनीले तीनकुने स्थित आफ्नो कार्यालय र अनलाइन जब पोस्टिङ् सर्भिस मार्फत मानव संशाधन सम्बन्धि सम्पूर्ण सेवाहरु दिँदै आइरहेको छ । यस संस्थाले रिक्रुटमेन्ट (भर्ती), जब पोस्टिङ्, पेरोल आउटसोर्स, तालिम लगायत सबै प्रकारका मानव संशाधन सम्बन्धि सेवा प्रदान गर्छ ।

यति मात्र नभएर यसले रोजगारी सुनिश्चितताकोलागि आवश्यक तालिमहरु पनि दिने गर्दछ । तालिम लिन चाहने व्यक्ति, विद्यार्थी लगायत कुनै पनि संस्थामा कार्यरत कर्मचारीहरुलाई कुमारी जबले आवश्यकताको अध्ययन गरी विभिन्न किसिमका तालिम पनि दिन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *