आजदेखि साझाको विद्युतीय बस सञ्चालनमा, महिला चालक र सहचालक

इन्भेष्टाेपेपर ।  असार २३, २०७९

काठमाडौं ।  साझा यातायातले बिहीबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । साझाले पहिलो चरणमा ल्याएको तीनवटा विद्युतीय बस आजदेखि सञ्चालनमा ल्याएको हो ।

साझा यातायात अध्यक्ष कनकमणि दीक्षितले काठमाडौं उपत्यकामा चल्ने बसको एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले उक्त बसको उद्घाटन गर्नुभएको हो ।

तीनवटा बसमध्ये दुईवटा नयाँबसपार्क–बालाजु–ठमेल–रत्नपार्क–सिंहदरबार–नयाँबानेश्वर–मीनभवन हुँदै एयरपोर्टको रुटमा चल्नेछन् ।

त्यस्तै, अर्को लगनखेल–लैनचौर–बाँसबारी हुँदै बूढानीलकण्ठको रुटमा सञ्चालन हुनेछ । यी बसमा चालक र सहचालक भने महिला रहने अध्यक्ष दीक्षितले जानकारी दिनुभयो । साथै उहाँले विद्युतीय बसका लागि चार्जिङ् स्टेशन उपलब्ध गराउन नेपाल सरकारसँग अनुरोध गरेको जानकारी दिनुभयो ।

‘‘साझा यातायात नेपाल सरकारसँग कृतकृत्य छ, अर्थतन्त्र, वातावरण तथा यात्रु सुविधालाई मध्यनजर गर्दै विद्युतीय परिवहनमा लगानी गरेको छ ।  निजी क्षेत्रले सार्वजनिक यातायातले ठूलो हिस्सा ओगटेका कारण नेपाल सरकारले यस क्षेत्रलाई बिजुली बस सञ्चालनमा ल्याउन सम्भव तुल्याउन सहुलियत ऋण उपलब्ध गराउनुपर्छ भन्ने हाम्रो राय छ ।,’’ दीक्षितले भन्नुभयो, ‘‘साथै बिजुली बसका लागि ठूलो क्षेत्रफल भएको चार्जिङ स्टेशन आवश्यक पर्ने हुनाले सो उपलब्ध गराउन नेपाल सरकारसँग अनुरोध गरिसकेको छ भने यथाशीघ्र चार्जिङ स्टेशनको लागि जग्गा उपलब्ध हुनेमा आशावादी छौं ।’’

नेपाल सरकारले २०७६ असार ३१ गते विद्युतीय परिवहन प्रवर्धन गर्न साझा यातायात सहकारी संस्था लि.मा तीन अर्ब लगानी गरेको थियो । सरकारको लगानीका कारण संस्थालाई विद्युतीय बसको ‘फ्लिट’ निर्माण गर्न सम्भव भएको साझाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ब्याट्रिबाट चल्ने बस प्रविधि नयाँ भएकाले साझा यातायातले तीन चरणमा विद्युतीय सवरी भित्र्याउने योजना बनाएको छ ।

पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी ८.५ मिटर लम्बाईको ४० बस खरिद गरिएका छन् जुन चीनको नानजिङ सहरस्थित ‘सिएचटिसि’ कम्पनीले उत्पादन गरेको हो । दोस्रो चरणमा १०–१२ मिटर लम्बाइको विद्युतीय शहरी बस तथा लामो दूरीको विद्युतीय बस खरिदको प्रक्रिया अगाडि बढिसकेको साझा यातायातले जनाएको छ । याे समाचार गाेरखापत्रमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *