अदुअअाका आयुक्त राजनारायण पाठकले राजिनामा दिए
Investopaper, माघ ०३, २०७५
काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राष्ट्रपति कार्यालयमा आफ्नो राजिनामा पत्र बुझाएका छन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनले शुक्रबार ११ बजेर ४७ मिनेट जाँदा राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा दर्ता गराएका हुन् । उनको राजिनामा पत्रको दर्ता नम्बर ११४७ रहेको छ ।
पाठकले विभिन्न व्यक्ति तथा सरकारी कर्मचारीहरूलाइ समेत घरमै बाेलाएर अख्तियारकाे डण्डा देखाउदै थर्काउने र अाफ्नाे स्वार्थ सिद्धी गरिरहेका थिए । लेनदेनकाे सिलसिलामा खिचिएकाे भिडियाे सवै शक्ति केन्द्रहरूमा प्रदर्शित भैसकेकाे थिया, तथापी विगत ४ महिनादेखि बिना कार्यवाही पेंडिङ्ग भैरहेकाे थियाे ।
नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने भन्दैघुस लिएका समाचार बाहिरिएपछि आयुक्त पाठकविरुद्ध सत्तारुढ दल नेकपाले शुक्रबार नै महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो ।
नेकपा स्रोतका अनुसार संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा देव गुरुङ, कृष्णभक्त पोखरेल र रामनारायण बिडारीले महाअभियोग पत्र तयार गरिरहेका थिए । आयुक्त पाठकविरुद्ध महाअभियोग दर्ता गर्नकै लागि नेकपा सांसदहरुको हस्ताक्षर संकलन पनि सुरु गरिसकेको थियो ।
शुक्रबार प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
