अनुष्का श्रेष्ठ: मिस वर्ल्ड २०१९ मा दुई पुरस्कार जित्न सफल
Investopaper, मंसिर २९, २०७६
अनुष्का श्रेष्ठ शनिवार राति लन्डनमा सम्पन्न विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड २०१९ को उत्कृष्ट १२ मा पर्न सफल भएकी छन्, उनको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।
प्रतियोगिता भैइरहदा उनको प्रस्तुती आम विश्वले नियाली रहेको र आम नेपालीमा शृङखला खतिवडाको झझल्को दिएको देखिन्थ्यो। तर कतिपय प्रशंसकहरूले उनले मिस वर्ल्डको उपाधि नपाउदा दु:ख व्यक्त गरेका छन्।
प्रतियोगिताको अन्तिम चरणमा केन्या, नाइजिरिया, ब्रजिल, मेक्सिको, भारत, फिलिपिन्स, भियतनाम, जमैका, फ्रान्स, रुस र कूक आईल्यान्ड्सका सुन्दरीहरूसँगै नेपालकी अनुष्का श्रेष्ठ पनि उत्कृष्ट १२ मा पर्न सफल भएकी थिइन्। प्रतियोगिता चलिरहदा जब अन्तिम नतिजा आयो जमैकाकी टोनी-एन सिंहले फ्रान्स र भारतका प्रतियोगीलाई उछिन्दै यस वर्षको मिस वर्ल्डको उपाधि जित्न सफल भइन्।
श्रेष्ठले जितेका उपाधि के के हुन्?
जब अनुष्का श्रेष्ठले उत्कृष्ट १२ मा पर्न सफल भइन उनले जितेको ताज ‘ब्यूटी विथ अ पर्पस’ र ‘मल्टिमिडिया च्याम्पियन’ शीर्षकमा पुरस्कार पाएको घोषणा भएपछि लन्डनस्थित हलमा दर्शकहरुको तालीले गुञ्जायमान भएको थियो।
उनको सफलतालाई एक वर्षअघि मिस वर्ल्ड २०१८मा शृङ्खला खतिवडाले हासिल गरेको उपलब्धिसँग धेरैले तुलना गरेका छन्। खतिवडाले पनि गत वर्ष ‘ब्यूटी विथ अ पर्पस’ र ‘मल्टिमिडिया च्याम्पियन’ पुरस्कार पाएकी थिइन्। यसपटक श्रेष्ठले ‘हेड टु हेड विन’ पनि जितेकी छन्।

यस मिस वर्ल्डको सफलताप्रति शृङ्खला खतिवडाले पनि बधाई तथा खुसी व्यक्त गरेकी छिन्।
पुरस्कार केका लागि पाईन त?
तेइस वर्षअघि काठमाण्डूमा जन्मिएकी अनुष्का उच्चशिक्षा हासिल गर्न सिड्नी पुगेकी थिइन्। त्यहाँ बसाइको क्रममा उनले अस्ट्रेलियामा आयोजित मिस ओशनिया २०१८ मा सहभागीता जनाइन र उपाधि जित्न सफल भएकी थिइन्।
“मल्टिमिडिया च्याम्पियन” को लागि नेपालले भूतपूर्व मिस नेपाल शृङ्खला खतिवडाले भने जस्तै सिन्धुपाल्चोकको एउटा गाउँमा अनुष्का श्रेष्ठले “कसैको जीवन बदल्ने अभियान” सञ्चालन गरिरहेको आफ्ना पोस्टहरूमा उल्लेख गरेकी छन्। यही सहयोगी काम कर्म बनाइएको भिडियो उनले समाजिक सञ्जालमार्फत् फैलाउने क्रममा धेरैको प्रशंसा बटुलेकी छन् र त्यही कामको भिडीयोले उनलाई मिस वर्ल्ड प्रतियोगितामा ‘मल्टिमिडिया च्याम्पियन’ पुस्कार दिलायो।
सोस्लिङ गाउँमा उनले एउटा परियोजना प्रोजेक्ट सोस्लिङ गाउँमा लगिन जहाँ १४० घर परिवारको शिक्षा, स्वास्थ्य र आर्थिक सबलीकरणको काम गरिन र काम भइरहेको उनको भनाइ छ।
माध्यमिक तहसम्मको अध्ययन काठमाडौँ पूरा गरेकी उनले केही समयदेखि राजधानीदेखि ७० किलोमिटर पूर्वोत्तरमा रहेको हेलम्बु क्षेत्रको सोस्लिङ गाउँमा ग्रामीण विकास र सशक्तीकरणको काम गरिरहेको उल्लेख गरेकी छन्। त्यसबारेको छोटो भिडिओ शनिवार राति लन्डनमा सम्पन्न मिस वर्ल्डको समापन समारोहमा पनि देखाइएको थियो।
उनको त्यही कर्मको प्रशंसा गर्दै उनले ‘ब्यूटी विथ पर्पस’ अर्थात् ‘उद्देश्यसहितकी सुन्दरी’ शीर्षकको पुरस्कार पाउ

अनुष्का श्रेष्ठ: मिस वर्ल्ड २०१९ मा दुई पुरस्कार जित्न सफल
अनुष्का श्रेष्ठ शनिवार राति लन्डनमा सम्पन्न विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड २०१९ को उत्कृष्ट १२ मा पर्न सफल भएकी छन्, उनको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।
प्रतियोगिता भैइरहदा उनको प्रस्तुती आम विश्वले नियाली रहेको र आम नेपालीमा शृङखला खतिवडाको झझल्को दिएको देखिन्थ्यो। तर कतिपय प्रशंसकहरूले उनले मिस वर्ल्डको उपाधि नपाउदा दु:ख व्यक्त गरेका छन्।
प्रतियोगिताको अन्तिम चरणमा केन्या, नाइजिरिया, ब्रजिल, मेक्सिको, भारत, फिलिपिन्स, भियतनाम, जमैका, फ्रान्स, रुस र कूक आईल्यान्ड्सका सुन्दरीहरूसँगै नेपालकी अनुष्का श्रेष्ठ पनि उत्कृष्ट १२ मा पर्न सफल भएकी थिइन्।प्रतियोगिता चलिरहदा जब अन्तिम नतिजा आयो जमैकाकी टोनी-एन सिंहले फ्रान्स र भारतका प्रतियोगीलाई उछिन्दै यस वर्षको मिस वर्ल्डको उपाधि जित्न सफल भइन्।
अनुष्का श्रेष्ठले जितेका उपाधि के के हुन्?
जब अनुष्का श्रेष्ठले उत्कृष्ट १२ मा पर्न सफल भइन उनले जितेको ताज ‘ब्यूटी विथ अ पर्पस’ र ‘मल्टिमिडिया च्याम्पियन’ शीर्षकमा पुरस्कार पाएको घोषणा भएपछि लन्डनस्थित हलमा दर्शकहरुको तालीले गुञ्जायमान भएको थियो।
उनको सफलतालाई एक वर्षअघि मिस वर्ल्ड २०१८मा शृङ्खला खतिवडाले हासिल गरेको उपलब्धिसँग धेरैले तुलना गरेका छन्। खतिवडाले पनि गत वर्ष ‘ब्यूटी विथ अ पर्पस’ र ‘मल्टिमिडिया च्याम्पियन’ पुरस्कार पाएकी थिइन्।यसपटक श्रेष्ठले ‘हेड टु हेड विन’ पनि जितेकी छन्।
यस मिस वर्ल्डको सफलताप्रति शृङ्खला खतिवडाले पनि बधाई तथा खुसी व्यक्त गरेकी छिन्।
पुरस्कार केका लागि पाईन त?
तेइस वर्षअघि काठमाण्डूमा जन्मिएकी अनुष्का उच्चशिक्षा हासिल गर्न सिड्नी पुगेकी थिइन्। त्यहाँ बसाइको क्रममा उनले अस्ट्रेलियामा आयोजित मिस ओशनिया २०१८ मा सहभागीता जनाइन र उपाधि जित्न सफल भएकी थिइन्।
“मल्टिमिडिया च्याम्पियन” को लागि नेपालले भूतपूर्व मिस नेपाल शृङ्खला खतिवडाले भने जस्तै सिन्धुपाल्चोकको एउटा गाउँमा अनुष्का श्रेष्ठले “कसैको जीवन बदल्ने अभियान” सञ्चालन गरिरहेको आफ्ना पोस्टहरूमा उल्लेख गरेकी छन्। यही सहयोगी काम कर्म बनाइएको भिडियो उनले समाजिक सञ्जालमार्फत् फैलाउने क्रममा धेरैको प्रशंसा बटुलेकी छन् र त्यही कामको भिडीयोले उनलाई मिस वर्ल्ड प्रतियोगितामा ‘मल्टिमिडिया च्याम्पियन’ पुस्कार दिइएको मिस वर्ल्डको आधिकारिक वेबसाइटमा उल्लेख छ।
उनले एउटा यस्तो परियोजना प्रोजेक्ट सोस्लिङ गाउँमा लगिन जहाँ १४० घर परिवारको शिक्षा, स्वास्थ्य र आर्थिक सबलीकरणको काम गरिन र काम भइरहेको उनको भनाइ छ।
माध्यमिक तहसम्मको अध्ययन काठमाण्डूमै पूरा गरेकी उनले केही समयदेखि राजधानीदेखि ७० किलोमिटर पूर्वोत्तरमा रहेको हेलम्बु क्षेत्रको सोस्लिङ गाउँमा ग्रामीण विकास र सशक्तीकरणको काम गरिरहेको उल्लेख गरेकी छन्। त्यसबारेको छोटो भिडिओ शनिवार राति लन्डनमा सम्पन्न मिस वर्ल्डको समापन समारोहमा पनि देखाइएको थियो।
उनको त्यही कर्मको प्रशंसा गर्दै उनले ‘ब्यूटी विथ पर्पस’ अर्थात् ‘उद्देश्यसहितकी सुन्दरी’ शीर्षकको पुरस्कार पाउन सफल भइन्।