अमेरिकी हवाई आक्रमणमा तीस सर्वसाधारणको मृत्यु

Investopaper, असाैज २२, २०७६

काबुल —  पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३० सर्वसाधारण मारिएका छन् । सो आक्रमणमा परी ३९ सर्वसाधारण हताहत भएका संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनमा) ले प्रकाशन गरेका विज्ञप्तिमा यस आक्रमणमा परी ३९ व्यक्ति हताहत भएका बताएको छ । जस मध्ये ३० मारिएका हुन ।
हताहत भएका यी व्यक्तिहरुमा १४ बालबालिका र एक महिला रहेका पनि सो विज्ञप्तिमा जनाइएको छ ।

— रासस/एएफपी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *