अाेम डेभलपमेन्ट वैंकले गर्याे लाभांश घाेषणा
काठमाडौं: अाेम डेभलपमेनट वैंक लि. काे मिति २०७५/०९/२७ गते शुक्रवार बसेको सञ्चालक समितिकाे १५९ अाै बैठकले शेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
गत आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १२.७० प्रतिशत वाेनश शेयर लाभांश स्वरूप वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको २ अर्ब ८३ करोड ४६ लाख ६९ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूलाइ वितरण गरिने बैंकले जनाएको छ ।
