आजदेखि जाेर बिजाेर तथा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध
इन्भेष्टोपेपर । श्रायण २२, २०७७
काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर सरकारले यस्तो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए । अत्यावश्यक सेवामा भने यो निर्णय लागू नहुने उनले बताए ।
त्यस्तै सरकारले आजदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरसको जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २ सय जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुनेछ ।

