उखु किसानको पिडा कहिले सम्म सुन्छ सरकार?
investopaper,पौष १७, २०७६
विगत १५ दिनदेखि राजधानीको माइतिघर मंण्डलामा सर्लाहीका उखु किसानहरू दैनिक आफ्ना माग सहित धर्नामा बरेका छन्। हरेक दिन आवश्यकता बनेको चिनी र सक्खरमा नेपाललाई आत्मनिर्भर बनाउन अहम् भूमिका खेल्न सक्ने किसानहरुको भनाइ छ।
बिगत तीन वर्षदेखि उखु काटेर चिनी मिललाई बिक्री गरेका सर्लाहीका उखु किसानहरूले आफ्नो उखुको भुक्तानी अझै नपाएकोमा सङ्घीय सरकारको ढोका ढक्ढक्याएका छन्।

इन्भेष्टोपेपटका सुबास राई माइतीघर मण्डलास्थित धर्नास्थल पुगेर सर्लाही बलाराकी उखु किसान बबिता मिश्रसँग कुराकानी गरेका छन्। उनी भन्छिन् उखु पेलेर चिनी बनाउने उद्योगहरूले आफूहरूलाई ठगेको र समयमा उखुको पैसा नदिएकोले आफूहरु मर्कामा परेको उनी बताउछिन। आफूहरुले बिगत तिन वर्ष देखि पैसा नपाएकोले सरकारसंग गुहार माग्न आएका छौँ। समयमा पैसा नपाउनाले उखु किसानहरु “ऋणमा डुब्न” बाध्य भएका छन्।
सम्बन्धित निकायले बेलैमा यसमा ध्यान दिन जरुरी देखिन्छ।
