कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगर्न गृहमन्त्रीको आग्रह

न्भेष्टाेपेपर । भाद्र २१, २०८१

दोधारा चाँदनी । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सकारको लक्ष्य रहेको जानकारी दिनुभएको छ  ।

“कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उहाँले भन्नुभयो, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ यसले चीनसँग जोड्छ ।”

प्रेस युनियन कञ्चनपुरद्वारा बिहिवार महेन्द्रनगरमा आयोजित पत्रकार सम्ममेलनमा उहाँले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताउनुभयो । “दुई/तीन महिनाभित्रै सुक्खा बन्दरगाह निर्माणका लागि भारतले बोलपत्र आह्वान गर्छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “चाँडै सुक्खा बन्दरगाहको काम अघि बढ्नेछ ।”

पत्रकार सम्मेलनमा उहाँले     संसद्मा भएका दुई ठूला दलबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेकोले जनाउँदै सहमति कार्यान्वयनमा शङ्का नगर्न आग्रह गुर्नभयो । “दुई दलबीच सातबँुदे सहमति भएर सरकार निर्माण भएको छ”, उहाँले भन्नुभयो, “यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस् ।” 

गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो  “यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु । यो घटनाको सुक्ष्म ढङ्गले अनुसन्धान हुन्छ”, उहाँले भन्नुभयो । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । घटना भएको छ वर्ष पुग्न लाग्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *