कृषि विकास बैंकको अनलाईनबाट खाता खोल्ने कार्य उत्साहजनक, गौरिका सिंहले खोलिन अनलाईनबाटै खाता

इन्भेष्टोपेपर । असार २८, २०७७

काठमाडौं । नेपालका सरकारी बैंकहरु मध्ये विद्युतीय बैंकिङ्गका सेवा अधिक प्रयोग गरीरहेको कृषि विकास बैंकले हालै अनलाइनबाट खाता खोल्ने प्रणाली संचालनमा ल्याएको छ । निजी क्षेत्रको भन्दा वढी विश्वसनीय रहेका सरकारी बैंकहरु मध्ये कृषि विकास बैंकले आफ्ना कारोवारहरुलाई डिजिटाइजेसन गरी रहेको छ ।

अषाढ ५ गतेबाट शुरु भएको अनलाइनबाट खाता खोल्ने प्रविधिमा देश विदेशबाट उत्साहजनक सहभागिता रहेको देखिन्छ । बैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली तथा युवा युवतीहरुको यसमा विशेष आकर्षण रहेको छ । यसै क्रममा नेपालकी प्रख्यात पौडिवाज गौरिका सिंहले अनलाईनबाट कृषि विकास बैंकको ठमेल शाखामा खाता खोलेकी छन् । यो प्रविधिको विकास गरे पश्चात् खाता खोल्ने प्रणाली तथा प्रक्रियामा समेत सरलिकरण भएको छ ।

बैंकको सधै भिडभाड रहने ग्राहक सेवा फाँटमा गई खाता खोल्नु पर्ने झञ्झट तथा कोरोनाको संक्रमणबाट समेत वच्न सकिने भएकोले यो प्रणाली दिन प्रतिदिन लोकप्रिय भइ रहेको छ । जलपरी गौरिकाले विदेशबाट खाता खोली कारोवार गर्ने मनसाय राखेकोले कृषि विकास बैंक लि. निज गौरिका लाई धन्यवाद समेत दिएको छ ।

कृषि विकास बैंक लिमिटेडमा अनलाइन खाता खोल्न तलको लिंकमा क्लिक गरी खोल्न सकिन्छ ।

https://onlineaccount.adbl.gov.np

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *