ग्लोबल आइएमई बैंककाे रोल्पा दरबोटमा नयाँ शाखा रहित बैंकिङ्ग

इन्भेष्टोपेपर । चैत्र १७, २०७७

ग्लोबल आइएमइ बैंक लिमिटेडले रोल्पाको दरबोट बजारमा सोमबार देखि नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस सँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवाहरुको संख्या २५७ पुगेको छ । यस शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन बैंकद्वारा आयोजित एक समारोहबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण के।सी।ले गर्नुभएको थियो । 

शाखारहित बैंकिङ्ग सेवाबाट ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत विभिन्न बैंकिङ्ग सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्म को रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सिडिएमइ, युटिएल, एन।टि।सि।को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन्।

कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढा सम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखा रहित बैंकिङ्ग सेवा शुरु गर्ने गरेको छ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४२ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८०० भन्दा बढि सेवाकेन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ। ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *