ग्लोबल आइएमई बैंकद्वारा प्रदेश १ लाई कोरोना रोकथामका लागि आर्थिक सहयोग
इन्भेष्टोपेपर । असार २९, २०७७
ग्लोबल आइएमई बैंकलेकोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ ।
बैंकको प्रदेश नं. १प्रादेशिक कार्यालयप्रमुख सुभाष सापकोटाले प्रदेश नं. १का माननीय मुख्यमन्त्री शेरधन राईलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
माननीय मुख्यमन्त्री राईले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिनु भयो ।
बैंकले, कोरोना भाईरसले नेपाल लगायत सम्पूर्ण विश्वलाईनै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएकोे छ ।
बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जाने जनाएकाे छ ।
उक्त कार्यक्रममा प्रदेश नं. १ सरकारका अर्थ तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको पनि उपस्थिति रहेको थियो ।
