तीन लघुबित्तले एकैदिन घोषणा गरे लाभाशं
आज तीन लघुबित्त संस्थाले २०७५/७६ को नाफाबाट लाभाशं घोषणा गरेका छन।
१) ग्लोबल आइएमई लघुबित्तः
ग्लोबल आइएमई लघुबित्त ले शेयरधनीलाई ३६.८४ प्रतिसत लाभाशं दिने भएको छ। जसमध्य ३५ प्रतिसत बोनस सेयर र १.८४ प्रतिसत करको लागि नगद लाभाशं घोषणा गरेको हो।
२) नेपाल एग्रो लघुबित्तः
नेपाल एग्रो लघुबित्तले २०७५/७६ को मुनाफा बाट शेयरधनिलाई १५ प्रतिसत नगद लाभासं दिने घोषणा गरेको छ। भर्खरै प्राथमिक शेयर जारी गरेको कम्पनिले यस वर्ष कुनै बोनस घोषणा गरेन।
३) आशा लघुबित्तः
आशा लघुबित्तले यस वर्ष शयरधनिलाई १२ प्रतिसत बोनस सेयर दिने भएको छ। साथै बोनसमा लाग्ने करका लागि पनि कम्पनिले नगद लाभासं दिने छ।
यी ३ कम्पनिको लाभाशं नेपाल राष्ट्र बैक र आगामी साधारण सभा बाट पारित भएपछि बितरण गरिनेछ।
