नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा पहिराे पिडितलाइ सहयाेग
इन्भेष्टोपेपर । श्रायण ०४, २०७७
नेपाल इन्भेस्टमेन्ट बैंक लि.ले भारी वर्षाको कारण म्याग्दी जिल्लामा गइरहेको पहिरोबाट पीडित नागरिकहरूलाई त्रिपाल तथा कम्वल सहयोग गरेकाे छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रममार्फत् बैंकको गण्डकी प्रदेशका प्रबन्धक बिभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक धीरज थापा द्वारा जिल्ला समन्वय समितिका व्यवस्थापक देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई २० वटा पाल (टेन्ट) र १०० वटा कम्बल प्रदान गर्नु भएकाे हाे ।
सो अवसरमा प्रहरी नायब उपरीक्षक किरणजंग कुँवर र एनआईबीएल जलजला शाखा प्रबन्धक दिलेश अर्याल पनि उपस्थित हुनुहुन्थ्यो ।
बैंकले उपलब्ध गराएका पालहरूमा, एउटा पालमा दस जनासम्मले आश्रय लिन सक्छन् । पहिरोका कारण विस्थापित हुनेको संख्या सयौं पुगेसँगै बैंकले पुनर्निर्माण र राहत कार्यमा योगदान दिनुपर्ने देखेर यो सहयोगको हात बढाएको हो । यस क्षेत्रकाे पहिरो पीडितहरूलाई सहयोग पुर्याउने बैंक तथा वित्तीय संस्थाहरूमध्ये एनआईबीएल पहिलो संस्था हाे ।
