ब्याजदर बढाउने प्रतिस्पर्धा शुरू भएकै हो ?

INVESTOPAPER, December 6, 2018

दुइ दिनमा ५ वैकले प्रकाशित गरेको सूचना हेरौ

१) जनता वैक नेपाल लि. १२ प्रतिशत

२) माछापुच्छ्रे वैक लि. १२.५० प्रतिशत

३) मेगा बैंक लि. १२.५० प्रतिशत

४) कुमारी बैंक लि. १३ प्रतिशत

५) बैंक अफ काठमाडौँ लि. १० प्रतिशत

बैंकर्स संघले मंगलबार बिहान व्यक्तिगत निक्षेपको ब्याजदर स्वयं तोक्न सक्ने बारे नयाँ निर्णय गरेपछि बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको छ  ।

मंगलबार नै जनता बैंकले मासिक ब्याज पाँउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२% ब्याज दर सार्बजनिक गरेको थियो  ।  यस मुद्दती योजनामा ग्राहकले न्यूनतम रु. १ लाखमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ । साथै बैंकको सम्पूर्ण बचत खाताको ब्याजदर बार्षिक ७% कायम गरिएको बैंकले जनाएको छ ।

जनता बैंकपछि माछापुच्छ्रे बैंकले पनि ब्याज बढाएको छ । माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर साढे १२ प्रतिशत पुर्याएको छ। प्रकाशित ब्याजमा थप आधाप्रतिशतसम्म ब्याजदर बढी दिन सकिने भएकोले बैंकको ब्याज १३ प्रतिशतसम्म पुग्नसक्छ।

आज बिहिबार थप ३  बैंकले नयाँ ब्याजदर सार्बजनिक गरेका छन् । जस अनुसार मेगा बैंकले न्युनतम १ लाखको व्यक्तिगत मुद्दती निक्षेपमा  १२.५० ब्याज दिने भएको छ।  प्रकाशित ब्याजमा थप आधाप्रतिशतसम्म ब्याजदर बढी दिन सकिने भएकोले बैंकको ब्याज १३ प्रतिशतसम्म पुग्नसक्छ।  त्यो भन्दा कमको बचतमा भने बैंकले १० प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै संस्थागत क्षिक्षेपकर्तालाई ९ प्रतिशत ब्याजदर सार्बजनिक गरेको छ ।

त्यस्तै कुमारी बैंकले पनि न्यूनतंम मौज्दात रु १० हजारमा व्यक्तिगत निक्षेपकर्ताको लागि १३ प्रतिशत ब्याज घोषणा गरेको छ । प्रकाशित ब्याजमा थप आधाप्रतिशतसम्म ब्याजदर बढी दिन सकिने भएकोले बैंकको ब्याज १३.५० प्रतिशतसम्म पुग्नसक्छ।

बैंक अफ काठमाडौँले व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत नयाँ ब्याजदर कायम गरेको छ ।

अन्य बैंकहरुले पनि ब्याज बढाउने अनुमान गरिएको छ । बैंक हरुमा लगानी योग्य रकमको अभाव हुन थालेपछि संघले यसअघिको भद्र सहमति खारेज गर्दै आफु अनुकुल ब्याज दर निर्धारण गर्न सक्ने सहमति गरेको हो  ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *