राष्ट्रपतिबाट सातवटै प्रदेशका प्रमुखहरू पदमुक्त
Investopaper, कार्तिक १८, २०७६
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकारको सिफारिस अनुसार सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
राष्ट्रपतिको कार्यालयद्वारा आइतबार विज्ञप्तिजारी गरी नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको जानकारी दिइएको छ ।
यसरी पदमुक्त हुनेहरुमा प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ (प्रदेश नं. १) , रत्नेश्वर लाल कायस्थ (प्रदेश नं. २), अनुराधा कोइराला (प्रदेश न.. ३), बाबुराम कुवर (गण्डकी प्रदेश), उमाकान्त झा (प्रदेश न.. ५), दुर्गाकेशर खनाल (कर्णाली प्रदेश) र मोहनराज मल्ल (सुदूरपश्चिम प्रदेश) हुनुहुन्छ ।
