राष्ट्रपतिसमक्ष नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

इन्भेष्टोपेपर ।  जेष्ठ १३, २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव २०७५÷७६ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

समारोहमा राष्ट्रपति भण्डारी उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडालगायतको उपस्थिति थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाल सरकार र राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन बुुझेपछि सम्वोधन गर्नुहुँदै । तस्वीर : प्रदीपराज वन्त (रासस)
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *