लगानी सम्मेलनकाे प्रधानमन्त्रीबाट उद्घाटनः सबैलाइ ढुक्कसंग लगानी गर्न आग्रह
Investopaper, चैत्र १५, २०७५
प्रधानमन्त्री के पी शर्मा ओलीले आज भव्य समाराेहका बिच लगानी सम्मेलन २०१९ काे समुदघाटन गर्नु भएकाे छ । काठमाडौंमा सुरु भएको दुई दिने लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि नाफा हुने भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्नको लागि आह्वान समेत गर्नु भयाे ।
४० देश तथा विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिहरूलाइ सम्वाेधन गर्दै अाफ्नाे लक्ष समृद्ध नेपाल र सुखि नेपाली रहेकाे बताउनु भयाे । उक्त लक्ष हासिल गर्न दुई अंकको आर्थिक बृद्धि गर्न सरकारलाई ५ वर्षभित्र ९८ खर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै वैदेशिक लगानी आवश्यक परेको बताउनु भयाे।
प्रधानमन्त्री ओलीले लगानीको वातावरणलाई थप बलियो बनाउन कानुनी र संरचनागत सुधार भइरहेको जानकारी दिँदै विदेशी लगानीकर्ताको सहजताका लागि ‘एक द्वार केन्द्र’ संचालन गरी सेवा प्रवाह गर्ने समेत तयारी भइरहेको स्मरण गराउनु भयाे ।

प्रधानमन्त्री ओलीले सरकारले कर र उद्योग दर्ता प्रक्रियालाई पूर्णरुपमा स्वचालित बनाउने योजना बनाएको जानकारी दिनु भयाे । त्यसैगरि लगानीको लागि नेपाल उदार देश भएको भन्दै सरकारले सबै क्षेत्रमा लगानी खुला गरेको बताउनु भयाे।
सस्ताे श्रम बजार र युवा शक्तिकाे सहज उपस्थितिले व्यवसायीहरूलाइ निकै सजिलाे हुने बताउदै भाैगाेलिक दृष्ट्रिकाेणले पनि नेपाल अति उत्तम रहेकाे छ भन्नुभयाे । चीन र भारत जस्ताे ठूलाे वजारकाे बिचमा रहेकाले र अधिकांश बस्तु तथा सेवामा कर छुट रहेकोले प्रशस्त संभावना रहेकाे बताउनु भयाे ।

सबै ढुक्क भएर लगानी गर्नुस बाकी लुट्न को लागि हामी नेता हरु छदैछौ नी हा हा हा /