लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा प्रकाशित गर्ने

इन्भेष्टोपेपर । जेष्ठ ०३ २०७७

काठमाडौ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्ततु गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ ।

साथै सरकारले नेपालका छुटेका भूमिहरू समावेश गरी नयाँ नक्सा जारी गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट भारतसँगको सीमासम्बन्धी विषयको समाधान गर्ने पनि उल्लेख छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *