ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्त प्राप्ति गर्न हस्ताक्षर
इन्भेष्टाेपेपर । असाैज २२, २०७७
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.२६ विजयपुरमा केन्द्रिय कार्यालय रहेको स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गर्ने निर्णय भई दुवै पक्ष विच प्राप्ती सम्वन्धि सहमति पत्र (Memorandum of Understanding – MOU) मा हस्ताक्षर सम्पन्न भएको भएकाे छ ।
स्पर्श लघसवित्तकाे तर्फबाट अध्यक्ष बुद्धि अकेला र ग्लोबल आइएमई लघुवित्तकाे तर्फबाट अध्यक्ष प्रा.डा.सुशिल भक्त माथेमाले गर्नु भएकाे थियाे । ग्लोबल आइएमई लघुवित्तकाे असाैज २० गते बसेको सञ्चालक समितिको ११८औँ वैठकबाट स्पर्श लघुवित्तलाइ प्राप्ति (एक्विजिसन) गर्ने निर्णय गरेकाे हाे ।
उक्त संस्था प्राप्ती गर्दा संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुन गै व्यवसाय कारोवार वृद्धि गर्न सकिने , ग्राहकहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी व्यापक पहुँचका साथ स्तरिय वित्तीय सेवा प्रदान गर्न थप पुँजीकोष वृद्धि भै संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने ग्लोबल आइएमई लघुवित्तले जनाएकाे छ ।
