मुक्तिनाथ विकास बैंकको मुक्ति भाई

इन्भेष्टाेपेपर । मङ्सिर २९, २०७७ 

मुक्तिनाथ विकास बैंकले आज बैंकको लोगोको प्रतिक “मुक्ति भाई” नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा , सुविधा, प्रडक्टहरुको प्रचार प्रसार गर्ने बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष श्री भरत राज ढकाल र प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेल द्धारा संयुक्त रुपमा एक कार्यक्रम मार्फत बैंकको मस्कट सर्वजानिक गरिएको हो । उक्त कार्यक्रममा बैंकका संस्थापक शेयरधनीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको फेसबुक पेज बाट सोही कार्यक्रमको लाइभ प्रसारण गरिएको थियो ।

विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हाल विकास बैंकको १३८ ओटा शाखा कार्यालयहरु रहेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *