नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेटबीच सम्झौता
इन्भेष्टोपेपर । बैशाख १४, २०७८
जापानमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लि.र डिजिटल वालेटबीच विप्रेषण कारोबार सम्वन्धी सम्झौता भएको छ ।
यस सम्झौता पछि जापानमा रहेका नेपालीहरुले डिजिटल वालेटको Smile Mobile Remittance एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । यस मोवाइल एप गुगल तथा एपस्टाेरबाट डाउनलाेड गरि आफ्नो माेवाइलमा इन्स्टल गर्न सकिन्छ ।
Smile Mobile Remittance मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुनेछ र नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिनेछ ।
