गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त
इन्भेष्टोपेपर । बैशाख १४, २०७८
गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त हुनु भएकाे छ ।
गुराँस लाइफ इन्सुरेन्स कम्पनीकाे संञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले यस अघि कम्पनी सचिव रहेको बालमुकुन्द रुपाखेतीको राजीनामा पनि स्वीकृत गरेको छ ।
