आज अपरान्ह ४ बजे बजेट सार्वजनिक हुँदै
इन्भेष्टोपेपर । जेष्ठ १५, २०७८
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिवार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार शनिबार सार्वजनिक हुन लागेको हो । प्रतिनिधि सभा भङ्ग रहेको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रत्यक्ष प्रशारण मार्फत बजेट सार्वजनिक गर्नुहुने कार्यक्रम रहेकाे छ । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न ४ बजे सार्वजनिक हुने जानकारी दिइएको छ ।
बजेट अध्यादेश पारित गर्नकाे लागि शनिवार बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्ने तय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गले बताउनुभयो ।
