आज अपरान्ह ४ बजे बजेट सार्वजनिक हुँदै

इन्भेष्टोपेपर । जेष्ठ १५, २०७

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिवार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार शनिबार सार्वजनिक हुन लागेको हो । प्रतिनिधि सभा भङ्ग रहेको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रत्यक्ष प्रशारण मार्फत बजेट सार्वजनिक गर्नुहुने कार्यक्रम रहेकाे छ । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न ४ बजे सार्वजनिक हुने जानकारी दिइएको छ ।

बजेट अध्यादेश पारित गर्नकाे लागि शनिवार बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्ने तय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गले बताउनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *