यौनवर्द्धक के हुन् ?
इन्भेष्टाेपेपर । कार्तिक १२, २०७९
यौनवर्द्धक वस्तुलाई खासगरि तीन वर्गमा बाँड्न सकिन्छ – यौनशक्ति, यौनइच्छा तथा यौन आनन्द बढाउने खालका। यिनले मानिसमा सफल काम गरेको भनेर नाप्न कठिन हुनाका कारण कुनैको पनि वैज्ञानिक प्रमाण फेला पर्न सकेको छैन।
वास्तवमा हालसम्म एउटा मात्र यौनवर्द्धक वस्तुको प्रमाण फेला परेको छ। त्यो भनेको पाकेको वा कुहिएको फलफूलको गन्ध हो र त्यसले फ्रुटफ्लाइ नामक जीवमा यौनवर्द्धकको काम गर्छ।
ग्रीक परम्परामा प्रेमकी देवी मानिने एफ्रोडाइट समुन्द्रबाट निस्किएको मानिन्छ त्यसैले समुन्द्री खानेकुरालाई यौनवर्द्धक ठानिन थालियो। रोमनहरूले पछि उनलाई भेनसको नाम दिए ।
यौनस्वास्थ्य विज्ञ डाक्टर क्रिचमान भन्छन् मानिसहरूले यौनवर्द्धक भनेर खान्छन् किनभने उनीहरूले त्यसले काम गर्छ भनेर विश्वास गर्छन्। र, यदि कसैमा केहीले काम गर्यो भने त्यसमा कारण किन खोजिरहनु?
यौनवर्द्धकको रूपमा परिचित कैयौँ खानेकुरा वास्तवमै स्वस्थ खानेकुरा हुन्। तर कुनै बिरुवाबाट निकालिएको वा कुनै वस्तुबारे स्वास्थसुरक्षाको आँकडा प्राप्त छैन भने तिनबाट जोगिनु नै बेस हुनेछ। चामत्कारिक ओखती भनेर दाबी गरिएका चीजबाट पनि टाढै रहनु राम्रो।
— बीबीसीबाट
