टी ट्वान्टी क्रिकेट विश्वकप प्रतियोगिता अक्टोबर र नोभेम्बरमा हुने

इन्भेष्टोपेपर । असार १२, २०७

काठमाडौं ।  टी ट्वान्टी क्रिकेट विश्वकप प्रतियोगिता आगामी अक्टोबर र नोभेम्बर महिनामा हुने भएको छ । प्रतियोगिताका सबै खेल यूएईमा हुने भएको छ । टी ट्वान्टी क्रिकेट विश्वकप भारतले आयोजना गर्ने तय भएको थियो । तर कोरोनाभाइरस सङ्क्रमणले भारतबाट प्रतियोगिता स्थल परिवर्तन गरिएको छ । अब भने अक्टोबर १७ देखि यूएईमा हुने तय भएको इएसपीएन क्रिकइन्फोले जनाएको छ ।

इन्डियन प्रिमियर लिग(आईपीएल)को फाइनल खेल भएको भोलिपल्ट अक्टोबर १७ मा विश्वकपको उद्घाटन हुनेछ । फाइनल खेल नोभेम्बर १४ मा खेलाइनेछ । १६ राष्ट्र सम्मिलित टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सुपर १२ का खेलहरु यूएई, दुबई र अबुधाबीमा हुने बुझिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिललाई प्रतियोगिता सार्न ब्योहोराको पत्र अझै आधिकारिक रुपमा पठाएको छैन्। 

गत् मई महिनामा बीचमै रोकिएको आईपीएलको बाँकी खेलहरु भने सेप्टेम्बर १९ देखि यूएईमा नै हुने बताईएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *