टोकियो ओलम्पिक : तेह्राै दिनसम्म ७४ पदकसहित चीन शीर्ष स्थानमा कायमै

इन्भेष्टोपेपर । श्रावण २२, २०७

काठमाण्डाैं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदकाे तेह्राै दिनसम्म चीन ७४ पदकसहित शीर्ष स्थानमा कायमै रहेकाे छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । कूल पदक तालिकामा भने अमेरिका अगाडि रहेकाे छ । 

चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १६ कास्यसहित कूल ७४ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २९ स्वर्ण, ३५ रजत र २७ कास्यसहित कूल ९१ पदक प्राप्त गरेको छ भने जापानले २२ स्वर्ण, १० रजत र १४ कास्य पदकसहित कूल ४६ पदक प्राप्त गर्न सफल भएको छ ।

यसैगरी अस्ट्रेलिया १७ स्वर्ण, ५ रजत र १९ कास्य पदकका साथ चाैथाे स्थानमा रहेको छ । अष्ट्रेलियाले कुल ४१ पदक प्राप्त गरेकाे छ । यस्तै १६ स्वर्ण, २२ रजत र २० कास्य पदककासाथ ५८ पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचाैं स्थानमा रहेको छ । 

संयुक्त अधिराज्य बेलायत १६ स्वर्ण, १८ रजत र १७ कास्यसहित ५१ मेडलकासाथ छैटौँ र जर्मनी ९ स्वर्ण, ९ रजत र १६ कास्यका साथ सातौँ स्थानमा उक्लिएकाे छ । जर्मनीले अहिलेसम्म कूल ३४ पदक हात पारि पदक तालिकाकाे आठौँ स्थानमा रहेकाे छ ।

यसैगरि प्रान्सले ७ स्वर्ण, ११ रजत तथा ९ कास्य पदक प्राप्त गरेर आठौँ स्थानमा समेटिएकाे छ भने इटाली ७ स्वर्ण, १० रजत र १८ कास्यका साथ नवौँ स्थानमा उक्लिएकाे छ तथा नेदरलैण्डले ७ स्वर्ण, ९ रजत र १० कास्य जित्दै पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८८ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।  

Up to Aug-5, 2021

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *