मनकामना केवुलकार २४औं वर्षमा प्रवेश

इन्भेष्टोपेपर । मंसिर ८, २०७८

काठमाणडाैं । चितवन को-ई समूह अन्तर्गत मनकामना दर्शन प्रा. लि. द्वारा संचालित नेपालकै पहिलो मनकामना केवलकारको संचालन यही मंसीर ८, २०७८ बाट २४औं वर्षमा प्रवेश गरेको छ ।

मंसीर ८, २०५५ सालबाट नियमित संचालनमा आएको केवलकारले संचालनदेखि हालसम्म करीव १ करोड ६० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय सेवा प्रदान गरिसकेको छ ।

संचालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तब्य हुन गएको छ र यस सेवा पश्चात् सो क्षेत्रमा उल्लेखनीय सबै क्षेत्रमा विकास भई विश्व सामुसमेत मनकामनाको ख्याति प्रचार प्रसार भएको छ ।

हाल रहेको एनालग सिस्टमलाई डिजिटल प्रविधिमा तीन चरणमा स्तरोन्नति गरिने कम्पनीले जनाएकाे छ। स्तरोन्नति कार्य यही आ.व. काे भाद्र महिनासम्म सकिने लक्ष्य रहेको र उक्त अवधिमा केवुलकार भने संचालनमै रहने छ।

मनकामनामा स्तरीय रिसोर्ट निर्माण गरिनेः

यसै आ. व. को फाल्गुणदेखि मनकामनामा भातृ संस्था Resorts By Manakamana Cable Car (P) Ltd. द्वारा केवुलकार टप स्टेशनसंगै करीव ९ रोपनी क्षेत्रफलमा ४० कोठाकाे सुविधा सम्पन्न रिसोर्टकाे निर्माणसमेत गरिन लागेको छ । रिसोर्टकाे कुल परियोजना लागत ३५ करोड १८ लाख रहने अनुमान गरिएको कम्पनीले जनाएकाे छ । ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *