कुल ३५ हजार २२१ पदका लागि १ लाख ४१ हजार ४६८ उम्मेदवारी दर्ता

इन्भेष्टाेपेपर ।  वैशाख १३, २०७९

काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा निर्वाचित हुने कुल ३५ हजार २२१ पदका लागि १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो । यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो ।

७५३ स्थानीय तहमा रहेका पदाधिकारी संख्याः

  • महानगर प्रमुख – ६
  • महानगर उपप्रमुख – ६
  • उपमहानगरपालिका प्रमुख – ११
  • उपमहानगरपालिका उपप्रमुख – ११
  • नगरपालिका प्रमुख – २ सय ७६
  • नगरपालिका उपप्रमुख – २ सय ७६
  • गाउ“पालिका अध्यक्ष – ४ सय ६०
  • गाउ“पालिका उपाध्यक्ष – ४ सय ६०
  • वडा अध्यक्ष – ६ हजार ७ सय ४३
  • वडा महिला सदस्य – ६ हजार ७ सय ४३
  • वडा दलित महिला सदस्य – ६ हजार ७ सय ४३
  • अन्य वडा सदस्य – १३ हजार ४ सय ८६

२०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

पद अनुसार मनाेनयन दर्ता गरेका उम्मेदवारकाे संख्याः

  • मेयरः ३ हजार ३ सय १८
  • अध्यक्षः ३ हजार ३ सय ६
  • उपमेयरः २ हजार ३
  • उपाध्यक्षः २ हजार ३ सय ४३
  • वडाध्यक्षः ३३ हजार १ सय ११
  • महिला सदस्यः २४ हजार २ सय ८३
  • दलित महिला सदस्यः २१ हजार ९ सय ७९
  • सदस्यः ५१ हजार ९२

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *