दुर्गेश थापाको शब्द, संगीत र स्वरमा तीजकाे गीत बिच्च बिच्चमा ६ सार्वजनिक
इन्भेष्टाेपेपर । साउन २१, २०७९
काठमाडौं । दुर्गेश थापाले अाफ्नै शब्द, संगीत र स्वरमा तीजकाे गीत बिच्च बिच्चमा ६ सार्वजनिक गरेका छन् । याे गीत ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ नामक तीजकाे गीतकाे सिक्वेल हो ।
पहिले पहिलेका गीतहरू भन्दा याे गीत सन्देशमूलक रहेकाे छ । छाेरा र छाेरीमा गरिने विभेदलाइ गीतकाे माध्यमबाट उजागर गरेका छन् । गीतलाई श्यामश्वेत रसाइलीले गीतको एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।
भिडियोमा दुर्गेश सँगै बाल कलाकारद्वय जेविन र जेविस श्रेष्ठको अभिनय छ । उत्सव दाहालले खिचेको भिडिओको निर्देशन तथा सम्पादन क्रान्ति केसीको रहेको छ ।
