जर्मन चान्सलर सोल्स चीन भ्रमणमा गएपछि युरोपमा विवाद

इन्भेष्टाेपेपर ।  कार्तिक १९, २०७९

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ र जर्मन चान्सलर ओलाफ सोल्सबीच भेटवार्ता भएको छ । रुस–युक्रेन युद्धलाई लिएर चीन–युरोप दूरी बढिरहेका बेला युरोपको शक्ति र अर्थ सम्पन्न देश जर्मनीका चान्सलर चीन भ्रमणमा जानुभएको हो ।

जर्मन चान्सलरको भ्रमणलाई युरोपमा धेरैले शङ्कास्पद रूपमा हेरेका बीबीसीले जनाएको छ । जर्मन चान्सलरको उपस्थितिले चिनियाँ राष्ट्रपति सीको बढ्दो अधिनायकवादी प्रतिष्ठालाई चीनमा बढाइदिने युरोपेली देशहरुको भनाइ छ ।

तर, जर्मन चान्सलरले भने विश्वव्यापी समस्याहरू चीनसँगको सहकार्यबाट मात्र समाधान गर्न सकिन्छ भन्नेतर्क गर्दै भ्रमणमा आउनुभएको छ । जर्मनी र चीन ठूला व्यापारिक साझेदार हुन् । सोल्सले चीनमा ११ घण्टा मात्रै बिताउनुभएको छ ।

कोरोना महामारीपछि बेइजिङको यात्रा गर्ने उहाँ पहिलो पश्चिमी नेता हुनुहुन्छ भने सीले तेस्रो कार्यकाल सम्हालेपछि भेट्ने उहाँ पहिलो विदेशी नेता बन्नुभएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *