वर्ल्ड कप थिमसहित बिज बजारको कार्तिक २० बाट बिज सुरु, ७४% सम्म छुट

इन्भेष्टाेपेपर ।  कार्तिक २१, २०७९

काठमाण्डाैँ । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले नयाँ योजना ल्याएकाे छ । यस याेजना अन्तर्गत प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा BIZ” नामक क्याम्पेन शुरू गर्न लागेकाे हाे ।

यस अन्तर्गतको कार्तिक महिनाको लागि वर्ल्ड कपकाे थिम सहित कार्तिक १९ गते राती १२ बजे देखि २० गते सम्म लाक्षभ गर्ने भएको छ। 

सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस क्याम्पेन अन्तर्गतको WINTER READY HOME योजनामा ७४ प्रतिशत सम्म, WORLD CUP KO CRAZE योजनामा ६४ प्रतिशत सम्म,, KEEP IT WARM  योजनामा ६३ प्रतिशत सम्म र WINTER BEAUTY ESSENTIALS योजनामा ३७ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै आज सामान अर्डर गर्ने सेवाग्राहीहरूका लागि कम्पनीले डेलिभरी शुल्कमा ५० प्रतिशत छुट पनि प्रदान गरेको जनाएको छ।

यही कार्तिक २० गतेका दिन बिजबजारले अपराह्न ६ बजे देखि राति ८ बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ।  

२० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *