ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान
इन्भेष्टाेपेपर । पुष २०, २०७९
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेशको अवसरमा बैंकमा १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९ कर्मचारीहरुलाई सम्मान गरेको छ ।
सोमबार बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मान गर्नुभएको हो ।
अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले “उत्कृष्ट बैंकिङ्ग सबैका लागि” भन्ने नाराका साथ आफ्नो स्थापनाको १६ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताउनु भएको छ ।
उहाँले उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट गर्नुभएको विशेष योगदानका लागि सबै कर्मचारीहरुलाई धन्यवाद प्रकट गर्दै अझ उत्कृष्ट र ग्राहकमैत्री सेवा उपलब्ध गराउन आग्रह समेत गर्नुभयो ।
यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताउनुभयो ।
