१७औं वर्षगाँठकाे अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना

न्भेष्टाेपेपर ।  पुष २०, २०७९

काठमाण्डाैँ । जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने नाराकासाथ २०६३ पौष १९ गते देखि सञ्चालन भएको मुक्तिनाथ विकास बैंकले १७ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।

यस अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको केन्द्रीय कार्यालयबाटै औपचारिक रुपमा समुद्घाटन गरेको छ । उक्त समारोहको समुद्घाटन गर्दै १७ औं बर्षको सहयात्रमा साथ दिनुहुने शेयरधनीहरु, ग्राहकमहानुभावहरु, नियमक निकायहरु, कर्मचारीहरु तथा शुभचिन्तकहरुलाई बैंकका अध्यक्ष भरतराज ढकालले धन्यबाद दिनुभएको थियो ।

साथै, उक्त उद्घाटन समारोहमा अध्यक्षले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही अवशरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धी, बर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न अभियानहरु सञ्चालनमा ल्याएको बताउनु भयो ।

जस अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरी १७४ युनिट रगत संकलन, विभिन्न स्कुल तथा उच्च माध्यमिक विद्यालयहरु मार्फत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई छात्रवृत्ति तथा विबिध सामग्री वितरण, सेवाको भावनाले स्थापित अस्पताल निर्माणको लागि सहकार्य, स्वच्छ पिउने पानी व्यवस्थापनको लागि सहयोग, बृद्धा, अनाथ तथा बालबालिकाहरुको क्षेत्रमा कार्य गर्ने मानाव आश्रमहरुमा आत्मनिर्भरता बढाउन “मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट” सम्बन्धी सामाग्री हस्तान्तरण र न्यानो कपडा वितरण गर्ने जस्ता विभिन्न कार्यहरु गरिएको छ ।

उक्त उद्घाटन समारोहमा बैंकका वर्तमान सञ्चालकहरु, पूर्व सञ्चालकहरु, संस्थापक सेयरधनी, तथा बैंकका उच्च पदाधीकारीहरु, शाखा प्रबन्धकहरु साथै अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *