भ्यालेन्टाइनस् डेको अवसरमा बिजबजारको बि आवर भ्यालेन्टाइन क्याम्पेन

न्भेष्टाेपेपर ।  माघ २७, २०७९

काठमाण्डौ । बिजबजारले भ्यालेन्टाइनस् डेको अवसरमा ७ फेब्रुअरी देखी एक हप्ता अर्थात् भ्यालेन्टाइनस् डे १४ फेब्रुअरीसम्म बि आवर भ्यालेन्टाइन क्याम्पेन सञ्चालन गरिरहेको छ। 

सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस क्याम्पेन अन्तर्गतको योजनामा ३० प्रतिशत देखि ७० प्रतिशत सम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् । साथै कम्पनीले रु २००० माथिको खरिदमा रु २०० बराबरको भौचर पनि प्रदान गर्ने छ जुन भौचर ग्राहकले MAYALU कोड प्रयोग गरी २८ फेब्रुअरी भित्र प्रयोग गर्न सक्ने छन्।

बिजबजारले आफ्नो आधिकारिक फेसबुक पेजबाट सो क्याम्पेन अवधिमा विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू पनि सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् । यो अफरका लागि का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *