नेपाल लाइफका ५०० बढी अभिकर्ताहरूकाे प्रशिक्षण सम्पन्न

न्भेष्टाेपेपर ।  चैत्र १३ २०७९

सुनसरी । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चैत्र १२ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको यस कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशबाट ५०० जना भन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको शुभारम्भ पानसमा दिप प्रज्वलन गरी नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले गर्नुभएको छ । उक्त कार्यक्रममा विशेष कारणबस देश बाहिर रहनुभएका यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई अभिकर्ताहरुलाई स्वागत गर्दै यस किसिमको कार्यक्रमले उहाँहरुको सिकाईमा थप टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । यसले उहाँहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथ साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने कुरा जाहेर गर्नुभयो । 

“सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भबिष्यको सुरुवात” भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको “नेपाल लाइफ सुनौलो भविष्य  जीवन बीमा योजना” एकदमै आकर्षक र प्रतिस्पर्धि रहनुका साथसाथै सम्पूर्ण सरोकारवालाहरुको हितमा रहेकाले यसको अधिकतम लाभ उठाउन समेत प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आग्रह गर्नुभयो ।  
उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झा उपस्थित हुनुहुन्थ्यो । 

कार्यक्रममा उपस्थित अभिकर्ता महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्दै यस कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बताउनु भयो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *