एनपी साउद परराष्ट्रमन्त्रीमा नियुक्तः आज शपथ लिने

न्भेष्टाेपेपर ।  वैशाख ३, २०८०

काठमाडौं ।  नेपाली कांग्रेसका एनपी साउद परराष्ट्रमन्त्री बन्नुभएकाे छ । आज उहाँले पद तथा गोपनीयताको शपथ लिने तय भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो ।

उहाँको शपथ आज दिउँसो ३ बजेका लागि तय भएको कांग्रेस स्रोतले जनाएको छ । सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो ।

यस अघि नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुबीच शनिबार बालुवाटारमा छलफल भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *